On Air BFM 91.2|Biratnagar

विराटनगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर , १ जेठ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईरालाले ५ हजार १८३ मतसहित अग्रता कायम गर्नुभएको छ ।नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापालाई पछि पार्दै कोईरालाले अग्रता कायम गर्नुभएको हो।

विराटनगरमा जारी मत गणनामा स्थानीय निर्वाचन अधिकारीले दिएको जानकारी अनुसार कोइरालाले ५ हजार १८३ मतसहित अग्रता कायम गर्नुभएको छ ।
उहाँलाई पछ्याई रहनुभएका एमालेका थापाले ३ हजार ६६७ मत प्राप्त गर्नुभएको छ।

साथै स्वतन्त्रका उम्मेदवार उमेश यादवले १ हजार ७३० मत प्राप्त गर्नुभएको छ। उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले ४ हजार १८२ मतसहित अग्रता लिइरहनु भएको छ । उहाँलाई पछ्याई रहनुभएका जनता समाजवादीका अमरेन्द्र यादवले ३ हजार ८३ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button