Tune to BFM 91.2|Biratnagar

विराटनगरमा लाग्ने साप्ताहिक हाटबजार बन्द

विराटनगर, ८ चैत । विराटनगर महानगरपालिकाले आजदेखि साप्ताहिक हाट बन्द गराएको छ । आज विराटनगर बि प्लट र शनिहाटमा लाग्ने बजार रोकेको छ । अब कुनै पनि हाट बजार अर्काे सूचना जारी नभएसम्मलाई बन्द गराएको बताईएको छ।

ऋाज बिहान बि प्लटमा भने साप्ताहिक कपडा हाट बन्द गराउन नगर प्रहरीको टोली नै पुगेको थियो । कोरोना भाइरस संक्रमणबाट सुरक्षित गर्न विराटनगर महानगरपालिकाले साप्ताहिक हाटबजार नलगाउन आग्रह गरेपछि शनिहाटमा आज हाट लगाइएन् ।

विराटनगर महानगरपालिका कार्यालय आसपास क्षेत्रमा लाग्ने शनिहाट आजदेखि अनिश्चित कालका लागि बन्द भएको र अन्य हाटबजार पनि नलगाउने निर्णय महानगरले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button