विराटनगरमा विराट सडक महोत्सव हुँदै

0
82

विराटनगर, २८ पुस । विराटनगरमा बुधबारदेखि ‘विराट सडक महोत्सव’ हुने भएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सव गर्न लागिएको हो । माघ १ देखि ४ गतेसम्म आयोजना हुने विराट सडक महोत्सवका बारेमा आज विराटनगरमा मन्जिना मुभिज क्रिएशनले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विराटनगर महानगरपालिको सहयोगमा हुन लागेको महोत्सवमा विराटनगरको ट्राफिक चौकदेखि महेन्द्र चौकसम्मको सडकलाई महोत्सव स्थल तोकिएको मन्जिना मुभिज त्रिएसनका प्रवन्ध÷निर्देशक जतिन ताम्राकारले जानकारी दिनु भयो । प्रत्येक दिन दिउँसो ३ देखि साँझ ८ बजेसम्म महोत्सव हुने उहाँको भनाइ छ । सडक महोत्सवमा स्वदेशी खाना र स्थानीय स्तरमा उत्पादन भएका वस्तुका साथै दैनिक साँस्कृतिक कार्यक्रम हुनेछ । मनोरञ्जनका लागि स्थानीय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति हुने छ । मोहत्सवमा नेवारी, थारु, मारवाडी, थकाली र अन्य विभिन्न परिकारका ५० स्टलहरु रहने छन् । स्टलको लागि बुकिङ्ग पनि खुल्ला गरिएको आयोजकले जनाएको छ । सरकारले मनाउँदै गरेको भ्रमण वर्षलाई निजी क्षेत्रबाट पनि सहयोग पुर्याउन महोत्सव गरिएको ताम्रकारको भनाइ छ । महोत्सव स्थलमा प्रदेश १ का रमणीय पर्यटकी गन्तव्यहरूको तस्वीरहरु पनि रहनेछ । ताम्रकारका अनुसार महोत्सव एक लाखले अवलोकन गर्ने अपेक्षा छ । एक करोड भन्दा बढीको कारोबार लक्ष्य राखिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here