विराटनगरमा वैज्ञानिक सेमीनार

0
373

विराटनगर, २१ भदौ । विराटनगरमा शनिवार वैज्ञानिक सेमीनारको आयोजना गरिएको छ । क्रिसु कन्सल्टेन्सीले आयोजना गरेको कार्यक्रममा वैज्ञानिक डा. कपिल पौड्यालले विभिन्न कुराको जानकारी दिनुभएको छ । बालबालिकाहरुको क्षमतालाई कसरी उजागर गर्ने भन्ने लगायतका धेरै विषयमा उँहाले जानकारी दिनुभएको थियो । अभिभावकहरुले आफ्ना छोराछोरी पढाइमा ध्यान दिरहेका छैनन् भन्ने धेरै गुनासाहरु आउन थालेको र बच्चाहरुमा विभिन्न विकृति बढ्दै गरेको गुनासा धेरै आउन थालेको क्रिसु कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर दिलेन्द्र देवले बताउनुभयो । अभिभावकका यस्ता गुनासाहरुलाई समाधान गर्न यस्ता कार्यक्रमले विशेष भुमिका खेल्ने देवले बताउनुभयो । कार्यक्रममा ३ सय विद्यार्थीको उपस्थिति रहेको देवले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here