Tune to BFM 91.2|Biratnagar

विराटनगरमा शैक्षिक मेला हुने

विराटनगर, २८ माघ । विराटनगरमा शैक्षिक मेला हुने भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी आगमी फागुन १ र २ गते शैक्षिक मेला हुने आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेलाबाट नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षाका लागी विद्यार्थीहरुले निःशुल्क परामर्श लिने बताइएको छ । दुई दिन सम्म चल्ने शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयसँग आवद्घ विभिन्न कलेजहरुले विद्यार्थीलाई निशुल्क परामर्श दिने बताइएको छ ।

बिबिए, एमबिए, बिआइटी, बिएचएम, बिबिएम, बिएसडब्लु, बिबिएस, सिएसआइटी, बिएस्सी लगायतका कोर्ष पढ्न चाहने विद्यार्थी उक्त मेलाबाट लाभाविन्त हुने बताइएको छ । मेलामा ३४ भन्दा वढी कलेजको सहभागिता रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button