विराटनगरमा शैक्षिक सफ्टवेयरको प्रर्दशनी गरिने

0
331

विराटनगर, २२ पुस । आगामी पुस २७ र २८ गते विराटनगरमा शैक्षिक सफ्टवेयरको प्रर्दशनी गरिने भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपालको आयोजनामा विराटनगरमा प्रर्दशनी गरिने भएको हो । प्रविधिमैत्री शिक्षक समाजमा आबद्ध रहेका शिक्षकहरुले तयार गरेका २० वटा सफ्टवेयरहरुको प्रदर्शनी गरिने तयारी गरिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । शिक्षा संवन्धिका आधुनिक सफ्टवेयर तयार गरिएको प्रविधिमैत्री शिक्षक समाजका शैक्षिक व्यवस्थापन समितिका संयोजक घनस्याम अधिकारीले बताउनुभयो । उहाँले ५० वटा सफ्टवेयरहरु तयार गरिएपनि प्रदर्शनीमा २० वटा मात्रै राखिने बताउनुभयो । उहाँले भन्नुभयो,‘ २ दिनको कार्यक्रममा सवै सफ्टवेयर प्रर्दशनी गर्न संभव भएन ।’ प्रदर्शनी कार्यक्रमसँगै प्रविधिमैत्री शिक्षक समाज नेपालको प्रथम महाधिवेशन पनि गरिने भएको छ । महाधिवेशनबाट २३ सदस्यीय केन्द्रिय समिति चयन हुने बताईएको छ । समाजको ३२ जिल्लामा जिल्ला सम्पर्क समिति रहेको केन्द्रिय अध्यक्ष भूपति बश्यालले बताउनुभयो । महाधिवेशनमा ७७ जिल्लाबाटै प्रतिनिधि सहभागि हुने अध्यक्ष बश्यालले बताउनुभयो । उहाँका अनुसार करिव ७ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रविधिमैत्री शिक्षक समाजमा सामुदायिक , संस्थागत र उच्च माविका शिक्षकहरुहरु आवद्ध रहेको अध्यक्ष बश्याले जानकारी दिनुभयो । झोलामुक्त विद्यालय बनाउने सरकारको अभियानमा समाजले पनि साथ दिएको उहाँले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here