Tune to BFM 91.2|Biratnagar

विराटनगरमा संक्रमित अभियुक्तले गरे आत्महत्या

विराटनगर, ७ असार । विराटनगरमा लागुऔषध मुद्दाका कोरोना भाइरस संक्रमित एक अभियुक्तले गय राति आत्महत्या गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादवले आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

भारतबाट लागुऔषध लिएर आउँदै गर्दा यादवलाई नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले गत वैशाख २७ गते राति पक्राउ गरेको थियो । यादवको साथबाट लागुऔषध स्पास्कोर भोन–प्लस ४८ चक्की, नाइट्राभेट ५८ चक्की र डाइलेक्स डिसी १० बोतल फेला परेको थियो । अदालतबाट म्याद थप गरेर लागुऔषध ऐनअन्तर्गतको मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका यादवको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि भएसँगै अदालतको आदेश अनुसार प्रहरीले जेठ ८ गते परिवारका सदस्यको जिम्मा लगाएर पठायो ।

संक्रमणमुक्त नभएसम्म ‘होम आइसोलेसन’मा राख्ने र संक्रमणमुक्त भएपछि प्रहरीमा उपस्थित गराउने शर्तमा परिवारका सदस्यले जिम्मा लिएर लगेका लागुऔषध मुद्दाका अभियुक्तले घरमै झुण्डिएर आत्महत्या गरेको डीएसपी राईको भनाइ छ । उहाँका अनुसार डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि परिवारका सदस्यले डोरी काटेर यादवलाई उपचारका लागि कोसी अस्पताल ल्याएको खुलेको छ । अस्पताल ल्याउनसाथ चिकित्सकले राति नै मृत घोषित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button