विराटनगरमा सेन्ट्रल मलको शुभारम्भ

0
193

विराटनगर, २० फागुन । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनु भएको छ । लगानी सम्मेलन गरेर निजी क्षेत्र र दातृ निकायसँग प्रस्तुत हुन चाहेको बताउनु भएको छ । विराटनगरमा आज सेन्ट्रल मलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको छ । प्रदेश सरकार विकास र सम्बृद्धिमा केन्द्रित भएको उहाँले बताउनुभयो । प्रदेशको विकासका लागि ठुलो आँट र साहसको आवस्यकता रहेको मुख्यमन्त्री राईको भनाई छ । प्रदेशको निर्माणको अभियानमा सरकार जुटिसकेकाले सवैसँग सहकार्य गरेर अघि बढ्न चाहेको उहाँको भनाई छ ।

देवेनरा, हाईलाईफ र विशाल ग्रुपको संयुक्त लगानीमा सेन्ट्रल मल सञ्चालनमा आएको हो । करिव १ अर्वको लगानीमा १५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको छ । २ बर्ष अघि निर्माण शुरु गरिएको मलमा १ सय ४ वटा पसल रहेका छन् । उद्घाटनका दिन सम्म आइपुग्दा ७० प्रतिशत पसल भाडामा लागिसकेको सञ्चालक प्रकाश मुन्दडाले बताउनुभयो । उहाँका अनुसार पसलहरु ७० देखि १ सय ५० स्कुवायर फुटका दरमा भाडामा लगाईएका छ । बैशाख सम्ममा सवै पसलहरु भाडामा लाग्ने उहाँले बताउनुभयो । सेन्टल मलमा ६० वटा गाडी र २ सय ५० मोटरसाईकल पार्किङको क्षमता रहेको सञ्चालक मुन्दडाको भनाई छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here