विराटनगरमा स्काउट फ्रेण्डसीप क्याम हुने

0
153

विराटनगर, १० मंसिर । विराटनगरमा आगामी शुक्रबारदेखि तीन दिने स्काउट फ्रेण्डसीप क्याम हुने भएको छ । देश विकासका लागि स्काउट भन्ने नाराका साथ मंसिर १३ देखि १५ गते सम्म कार्यक्रम हुने आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । स्टार हायर सेकेण्डरी स्कुलमा हुने जिल्ला स्तरिय कार्यक्रममा मोरंगका ३५ वटा सामुदायिक र निजि विद्यालयका करिव ७ सय विद्यार्थी सहभागी हुने भएका छन् । मोरंग जिल्ला भित्रका गाउँ गाउँ देखि महानगरपालिका सम्मका शैक्षिक र सामाजिक संस्थाहरुमा स्काउटिङ शिक्षा पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा स्टार हायर सेकेण्डरी स्कुलका संस्थापक निर्देशक डा.उद्धव पोखरेलले बताउनुभयो । उहाँका अनुसार तीन दिने कार्यक्रममा मार्चपास, र्याली, नृत्य, वक्तृत्वकला, चित्रकला, दौड, क्षमता प्रर्दशनका कार्यक्रम हुनेछ । विद्यालय तहमा रहेका स्काउटले व्यवहारिक ज्ञान दिने गरेको जिल्ला स्काउट कार्यालय मोरंगका क्याम्प चिफ प्रदिपकुमार विश्वासले बताउनुभयो । स्काउट वि.स. २००९ सालदेखि सञ्चालनमा रहेको उहाँले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि करिव साढे ५ लाख रुपैयाँ खर्च हुने कार्यक्रम संयोजक डा.पोखरेलले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here