Tune to BFM 91.2|Biratnagar

विराटनगरमा स्वाव संकलन स्थगित

विराटनगर, ६ कात्तिक । विराटनगर महानगरपालिकामा कोरोना परीक्षणका लागि गरिने स्वाब परीक्षण स्थगन गरिएको छ । महानगरपालिकाले सूचना प्रकाशित गरी कात्तिक १२ गतेसम्म स्वाब परीक्षण नहुने नगरबासीमा जानकारी गराएको छ ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख दिलीप यादवद्वारा जारी सूचनामा महानगरपालिकाले जैन भवन र मोबाइल भेनबाट स्वाब संकलन गर्ने गरेको थियो । कोशी अस्पताल महानवमीदेखि एकादशीसम्म हालसम्म संकलित स्वाब परीक्षण हुने तर नयाँ स्वाब भने कात्तिक १२ पछि मात्र परीक्षण हुने भएकाले तत्कालका लागि स्थगन गरिएको महानगरले जनाएको छ । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दो क्रममा रहेको छ ।

विराटनगरमा हालसम्म १४ हजार ४०७ जनाको पीसीआर परीक्षण भएको छ । संक्रमितको संख्या चार हजार ३८५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button