Tune to BFM 91.2|Biratnagar

विराटनगरमा ०.४ मिलिलिटर वर्षा

विराटनगर, २७ चैत । विराटनगर महानगरपालिकाभित्र हिजो साँझ ०.४ मिलिलिटर वर्षा भएको छ । साढे ६ महिना अघिदेखि खडेरी खेपिरहेको विराटनगरमा एक्कासि गड्याङ्गुडुङसहित सामान्य वर्षा भएको हो । सामान्य पानी पर्दा विराटनगरमा केही राहत र शीत्तल महसुस भएको थियो ।

पानी नपर्दा धुलो र धुवाँले जनजीवन नराम्ररी प्रभावित बनाइरहेको थियो । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार पछिल्लो समय परेको पानीले पनि त्यति प्रभावकारी काम गरेन । वर्षा फाट्टफुट्ट र सामान्य मात्रै भएको कार्यालयका प्रमुख विकाश देउजाले बताउनु भयो । बादलको ‘मुभमेन्ट’ हेर्दा वर्षा हुन्छजस्तो नदेखिए पनि एक्कासि गड्याङ्गुडुङ्सहित सामान्य ढंगले १५ मिनेटजति पानी परेको उहाँको भनाइ छ ।

देउजाका अनुसार गत असोज ८ यता विराटनगरमा प्रभावकारी वर्षा हुन सकिरहेको थिएन । सामान्य वर्षा भए पनि प्रभावकारी वर्षा भने कमजोर मौसम प्रणालीका कारण हुन नसकेको उहाँले बताउनु भयो । पश्चिमी वायुको सामान्य प्रभावले हल्का वर्षा गराए पनि प्रभावकारी भने नभएको वातावरणविद् रामचन्द्र अधिकारीले जानकारी दिनु भयो ।

पश्चिमी वायुलाई असर गर्ने खालको पूर्वी हावाको प्रभाव धेरै भएकाले लामो समयसम्म र ठूलो वर्षा हुन नसकेको उहाँको भनाइ छ । उहाँले लामो समयदेखि पानी नपर्दा सिंगो जैविक संसारमै ठूलो प्रभाव र असर परिरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button