Tune to BFM 91.2|Biratnagar

विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर , ८ कात्तिक । विराटनगरको नोबेल मेडिकल कलेजमा आज विहान सुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।

सुनसरीका ३८ वर्षीय युवकको आज बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ३ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । ती पुरुषमा निमोनियाको समस्या पनि थियो ।

त्यस्तै इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

महिलाको आज बिहान करिब ७ बजे मृत्यु भएको हो ।यसअघि शुक्रबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच महिने संक्रमित बालिकाको मृत्यु भएको थियो ।

शुक्रबार नै भर्ना भएकी बालिकामा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा गएराती करिब साढे ८ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button