Tune to BFM 91.2|Biratnagar

विराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर १८ कात्तिक । विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड १९ अस्पतालमा दुईजना र बिराट मेडीकल कलेज टिचिङ्ग अस्पतालमा १ जना कोरोना संक्रमित गरी ३ जनाको मृत्यु भएको छ । न्युरो अस्पलालमा आज बिहान २ जनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिनुभयो ।

विराटनगर ११ का ४९ वर्षीय पुरुष र धरान १५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको अस्पतालले जनाएको छ । आज बिहान साडे ३ बजे धरानका पुरुष र ३ः५० मा विराटनगरका पुरुषको मृत्यु भएको हो ।

असोज २७ मा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष कात्तिक १२ गते अस्पताल भर्ना भएका थिए भने कात्तिक १४ गते भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

यसैबिच सुनसरी धरान १६ बस्ने ७६ बर्षिय पुरुष को पनि बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा आजै मृत्यु भएको छ । उनलाई यही कार्तिक ९ गते अस्पतालमा ल्याएर उपचार थालिएको थियो । उपचार कै क्रममा उनको आज साडे छ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button