विराटनगरमा ४ दिने सडक महोत्सव आज देखि सुरु

0
118

विराटनगर, १ माघ । विराटनगरमा ४ दिने सडक महोत्सव आज देखि सुरु भएको छ । भ्रमण वर्ष २०२० लाई निजि स्तरवाट सहयोग पुर्याउन प्रदेश १ को राजधानी विराटनगरमा ४ दिने विराट सडक महोत्सव सुरु भएको हो । सडक महोत्सवमा विभिन्न परिकारका ५० वटा स्टलहरू राखिएको छ । आयोजक मञ्जिना मुभिज क्रिएशनका प्रवन्ध÷निर्देशक जतिन ताम्राकारका अनुसार महोत्सवमा ५० वटा स्टल राखिएको छ ।

महोत्सवमा एक करोड कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा विभिन्न जातजातीको संस्कृति झल्काउने खानाका परिकारहरूसहित घरेलु उत्पादनका सामाग्रीहरू प्रदर्शनमा राखिएको छ । एकलाख बढी सर्वसाधारणले सहभागिता जनाउने अपेक्षा राखिएको महोत्सवको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्नुभएको थियो । सडक महोत्सव उद्घाटन गर्दै प्रमुख पराजुलीले सडक महोत्सवले सवै जातिको संस्कृति झल्किने खानाको प्रकार प्रदर्शनीमा राखिएकाले भ्रमण बर्षमा टेवा पुग्ने बताउनुभयो । युवाहरुको प्रयासमा भएको सो महोत्सव दैनिक दिउँसो ३ बजे देखि राती ८ बजे सम्म चल्ने छ । महोत्सव अवधिभरीमा विभिन्न कालकारहरुको प्रस्तुती समेत हुने बताइएको छ । महोत्सवमा प्रदेश १ का पर्यटकीय स्थलहरुको तस्बिर सहितको संक्षिप्त परिचय समेत राख्ने तयारी गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here