Tune to BFM 91.2|Biratnagar

विराटनगरमा ४ हजारभन्दा बढी ज्येष्ठ नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाए

विराटनगर २६ फागुन । विराटनगरमा ४ हजारभन्दा बढी ज्येष्ठ नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।महानगरपालिकाले सञ्चालन गरेको कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत आजसम्म ४ हजार ५ सय ज्येष्ठ नागरिकले खोप लगाएका हुन् ।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार हालसम्म १ हजार ९ सय २१ महिला र २ हजार ४ सय ८६ जना पुरुषले खोप लगाएका छन् । महानगरपालिकाले सबै १९ वडामा खोप अभियान सञ्चालन गरेको छ । सोही क्रममा वडानम्बर १० मा ६ सय ७ को संख्या नागरिकले खोप लगाएको वडाध्यक्ष माधवराज वाग्लेले जानकारी दिनुभयो । तिनटोलियास्थित विराट सेवा आश्रममा राखिएको खोप कार्यक्रममा जेष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको उहाँले बताउनुभयो । सो केन्द्रबाट ९१ वर्षीय पुरुषले समेत खोप लगाएको वाग्लेले जानकारी दिनुभयो ।

आइतबारदेखि आश्रममा खोप कार्यक्रम सञ्चालन गरिएको थियो । खोप लगाउन आउने अधिकांशले विभिन्न रोगको औषधि खाँदै आएको हुँदा खोप लगाउन मिल्ने नमिल्नेलगायतका जिज्ञासा राख्ने गरेको स्वास्थ्यकर्मी प्रकाश सुवेदीले बताउनुभयो । वडाले खोप लगाउनका लागि स्वास्थ्यकर्मी कौशिल्या राईसहित दैनिक २ जना स्वास्थ्य सेविकाको ब्यवस्था गरेको छ । महानगरले आइतबारबाट सबै वडामा ज्येष्ठ नागरिकका लागि खोप लगाउने अभियान सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button