Tune to BFM 91.2|Biratnagar

विराटनगर एयरपोर्ट रोडलाई ‘ओपन जोन’ ’ बनाउने योजना

विराटनगर २० माघ । विराटनगरको रोटरी क्लब मिडटाउनले विराटनगर विमानस्थल रोडलाई ‘ओपन जोन’ को रुपमा विकास गर्ने योजना अघि सारेको छ । विराटनगर महानगरपालिकासँगको साझेदारीमा ग्रिनरीसहित ओपन जोन बनाउने योजना अघि सारेको हो ।

मिडटाउनका अध्यक्ष पुन्य भट्टराईका अनुसार पाँच सय मिटर सडकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । सडकको दायाँ–बायाँ ग्रिनरीसहित, विद्युतीकरण गर्न लागिएको उहाले बताउनुभयो ।शौचालय, पार्किङसहित स्ट्रिट रोडको विकासका लागि एक करोड ५० लाख लाग्ने अनुमान छ ।

सोमध्ये मिडाउनले २५ लाख लगानी गर्ने भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button