विराटनगर जुनियर जेसिजको लोगो सार्वजनिक

0
129

विराटनगर, १ चैत । विराटनगर जुनियर जेसिज बर्ष २०१९ को लोगो सार्वजनिक गरिएको छ । जेसिज अध्यक्षहरुले हरेक बर्ष आफ्नो थिममा रहेर लोगो सार्जजनिक गर्ने गर्दछन् । अध्यक्ष दीपा ओडारीले ‘टुगेदर वी क्यान’ नामक लोगो सार्वजनिक गर्नु भएको हो । विराटनगर जुनियर जेसिजका पुर्व अध्यक्ष डा.सन्देशदास श्रेष्ठ, विराटनगर जेसिजका अध्यक्ष सेवक वजगाई, विराटनगर जुनियर जेसिजका पुर्व अध्यक्ष अभिनास थापा लगायतको उपस्थितिमा लोगो अनावरण गरिएको थियो । यसैवीच विराटनगर जुनियर जेसिजले पदाधिकारीहरुका लागि एक दिने एलओएम तालिम दिईएको अध्यक्ष ओेडारीेले बताउनुभयो । पदाधिकारीहरुलाई पुर्व अध्यक्ष उज्वल खरेलले प्रशिक्षण दिनु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here