विराटनगर जुनियर जेसिजको सप्ताह

0
107

विराटनगर, १ कात्तिक । विराटनगर जुनियर जेसिजले २४ औं स्थापना दिवसको अवसरपारि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । असोज २९ गतेदेखि शुरु सप्ताह अन्र्तगत विविध कार्यक्रमहरु भईरहेको अध्यक्ष दीपा ओडारीले जानकारी दिनुभयो । जेसिज क्वीजबाट शुरु भएको सप्ताहमा विहिबार लागू औषध अपराधमा यूवाहरुको भूमिका विषयक कार्यक्रम गरिएको थियो । सप्ताह अन्र्तगत आज मोरंग बुढीगंगा १ टंकीसिनवारीमा रहेको महिला जागृति बृद्धाआश्रमका जेष्ठ नागरिकहरुलाई खाध्यान्न वितरण गरिएको अध्यक्ष ओडारीले जानकारी दिनुभयो । खाध्यान्न वितरण कार्यक्रममा बोर्ड अफ ट्रष्टीका अध्यक्ष टीकाराज ढकाल, आश्रमकी अध्यक्ष भुवनेश्वरी आचार्य, जुनियर जेसिजका पदाधिकारीहरु सहभागि भएका थिए । यस्तै आजै विराटनगरको जेनिथ इन्टरनेशनल कलेजमा साईवर सुरक्षा संवन्धि सचेतना तालिम आयोजना गरिएको छ । तालिमको सहजीकरण शुभ श्री नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अनुराग श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा जेनिथ कलेजका अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ, पुर्व अध्यक्ष सनराईज चौधरी, जुनियर जेसिजका संयोजक पंकज सापकोटा लगायतको सहभागिता रहेको थियो । तालिममा ५० जनाको सहभागिता रहेको अध्यक्ष ओडारीले बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here