Tune to BFM 91.2|Biratnagar

विराटनगर जुनियर जेसिजको अन्र्तक्रिया

विराटनगर, १२ जेठ । विराटनगर जुनियर जेसिजले जेसिज अभियानकर्मीलाई उत्प्रेरणामुलक अन्र्तक्रिया सम्पन्न गरेको छ । अनलाईन मार्फत मंगलबार गरिएको अन्र्तक्रियाको प्रमुख वक्तामा विकल्प एन अल्टरनेटिभका संस्थापक निर्देशक वसन्त अधिकारी रहनु भएको थियो ।
सो कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, राष्ट्रिय जुनियर जेसीज कोर्डिनेटर सन्तोष पन्त, जेसिजका विभिन्न क्षेत्रका कोर्डिनेटरहरु, विराटनगर जुनियर जेसीजका विभिन्न वर्षका पूर्वअध्यक्षहरु, विराटनगर जुनियर जेसिजका वोर्डका पदाधिकारी तथा सदस्यहरु, विभिन्न शाखा अध्यक्ष र शाखाका सदस्यहरु गरि १७७ जनाको सहभागिता रहेको थियो ।
विराटनगर जुनियर जेसिज अध्यक्ष जीना शर्माको अध्यक्षता सम्पन्न अन्र्तक्रियाको संयोजकमा दिब्या बानिया रहनु भएको विराटनगर जुनियर जेसीज वर्ष २०२१ की सहसचिव प्रतिक्षा न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button