विराटनगर जुनियर जेसीजमा शर्मा
बिराटनगर ४ माघ । विराटनगर जुनियर जेसीजको अध्यक्ष जिना शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । उहा २६ औं अध्यक्षमा निर्वरोध निर्वाचित हुनुभएको हो ।
तालिम संयोजकमा विकल्प न्यौपाने, कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादव, उपाध्यक्षमा दिप्सन राई, हेनरिका ढकाल, अमन मण्डल निर्वाचित हुनुभएको छ। जनसम्पर्क अधिकारीमा सुगम बुढाथोकी निर्विरोध हुनुभएको छ ।
उपाध्यक्षमा गौरव कर्ण, महासचिवमा रितेश मैनाली, सहसचिवमा प्रतीक्षा न्यौपाने र कानुनी सल्लाहकारमा प्रिन्स पौडेल चयन हुनुभएको छ।