Tune to BFM 91.2|Biratnagar

विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर, १९ पुस । विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

बर्ष २०२१ को अध्यक्षमा प्रदिप दाहाल, वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा देवचन्द्र घिमिरे, कानुनी सल्लाहकारमा तुलसी निरौला, तालीम निर्देशकमा अभिनाष थापा चयन हुनु भएको छ । कार्यकारिणी उपाध्यक्षमा सन्तोष आचार्य र पंकज सापकोटा, महासचिवमा कबिराज दाहाल, कोषाध्यक्ष पुजा शर्मा, उपाध्यक्षमा सुभाष भण्डारी, गोमा भण्डारी, शिव शंकर मण्डल र प्रवेश दुलाल चयन हुनु भएको छ ।

बिराटनगर जेसिजले मातृत्व प्रदान गरेका शाखाबाट नेपाल जेसिजमा राष्ट्रिय उपाध्यक्ष जित्न सफल धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौला, दुहबी जेसिज २०२० का अध्यक्ष बिमला सुवेदी, जनकपुर जेसिज २०२० का अध्यक्ष गौतम शाह र तरहरा जेसिज बर्ष २०२० का अध्यक्ष सुनिल तिमल्सिनालाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button