विराटनगर जेसिस अध्यक्षमा प्रदीप दाहाल निर्वाचित
विराटनगर, १४ मंसिर । विराटनगर जेसिसको अध्यक्षमा प्रदीप दाहाल निर्विरोध निर्वाचित हुनु भएको छ । विराटनगर जेसिसको ४८ औं अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित हुनु भएको हो ।
विराटनगर जेसिस निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त सेवक बजगाईका अनुसार वरिष्ठ कार्यकारी उपाध्यक्षमा देवचन्द्र घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । तालिम निर्देशकमा अभिनाष थापा, कार्यकारी उपाध्यक्षमा सन्तोष आचार्य र पंकज सापकोटा पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा गोमा भण्डारी, सुभाष भण्डारी, शिवशंकर मण्डल, प्रवेस दुलाल र जनसम्पर्क अधिकृतमा सुरेन शाक्य निर्विरोध निर्वाचित हुनु भएको छ ।हिजो भएको निर्वाचन प्रकृयामा २१ जनाले उम्मेद्वारी दर्ता गराएका थिए ।
तर ११ जनाले उम्मेदवारी फिर्ता लिएपछि नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको हो । जेसिसको महासचिव, सहसचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले चयन गर्ने प्रावधान रहेको छ ।