Tune to BFM 91.2|Biratnagar

जेसीजले प्रदेश सरकारलाई भवन उपलब्ध गराउने

विराटनगर, ११ चैत । विराटनगर जेसीजले कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु राख्नका लागि आफ्नो भवन उपलब्ध गराउने निर्णय गरेको छ ।

आज जेसीज सचिवालयले विज्ञप्ति जारी गर्दे विराटनगर १० मा रहेको सचिवालय भवन कोरोना संक्रमितहरुलाई राख्नका लागि क्वारेन्टाइन तथा अन्य प्रयोजनका लागि प्रदेश १ सरकारलाई उपलब्ध गराउने जनाएको हो ।

कुनैपनि मानविय सहयोग तथा स्वयं सेवाका लागि विराटनगर जेसीज तयार रहेको जेसीज अध्यक्ष उज्जवल खरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button