Tune to BFM 91.2|Biratnagar

विराटनगर डिपोले आइतबार र शुक्रबार इन्धन बेच्ने

विराटनगर २१ चैत । नेपाल आयल निगमको प्रदेश एक डिपोले लकडाउन अवधिमा पनि साताको दुई दिन पेट्रोलियम पदार्थ बिक्री गर्ने भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै निगमको प्रादेशिक डिपो विराटनगरले आइतबार र शुक्रबार सातामा दुई दिन पेट्रोलियम पदार्थ बिक्री गर्ने जनाएको हो ।लकडाउनको अवधिमा सञ्चालन हुने यातायातका साधनहरुलाई पेट्रोलियम पदार्थको अभाव नहोस् भन्नका लागि यस्तो व्यवस्था गरिएको डिपोले जनाएको छ ।

हाल निगममा मौज्दात पर्याप्त रहेकाले पूर्वी नेपालमा आगामी लगभग २ महिना १५ दिन सम्म इन्धन अभाव नहुने विराटनगरस्थित आयल निगम कार्यालयले जनाएको छ । निगमको प्रादेशिक कार्यालयका सहायक प्रबन्धक पर्शुराम अधिकारीले विराटनगर डिपोमा ८५ प्रतिशत पेट्रोलियम पदार्थ भण्डारण रहेको बताउनु भएको छ ।

विराटनगरस्थित आयल निगमको प्रादेशिक कार्यालयले साविकको कोशी अञ्चलका १० जिल्लासहित प्रदेश २ का सिराहा र सप्तरीमा समेत इन्धन वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button