Tune to BFM 91.2|Biratnagar

विराटनगर नाका हुँदै हालसम्म ६ हजार बढी ब्यक्तिको आवागमन

विराटनगर, ५ असार । विराटनगर सीमानाका हुँदै हालसम्म ६ हजार बढी ब्यक्तिको आवागमन भएको छ । विराटनगर–जोगबनी सिमानाका हुँदै जेठ १३ देखि असार ४ गतेसम्म ६ हजार ९८ जनाको आवागमन भएको छ ।

सो संख्यामा २ हजार ४ सय २४ जना नेपाली जोगबनीबाट विराटनगर हुँदै नेपाल प्रवेश गरेका छन । जसमा १ हजार ९ सय ८५ पूरुष र ४ सय ३९ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ ।

यसैगरि जेठ १४ यता विराटनगरबाट जोगबनी आईसिपी क्याम्प हुँदै ३ हजार ६ सय ७४ जना भारतीय भारततर्फ गएका छन । भारततर्फ जानेमा २ हजार ७ सय ९२ पुरुष र ८ सय ८२ महिला छन ।

यस्तै मोरङका विभिन्न स्थानमा संचालनमा ल्याइएका ७६ वटा क्वारेन्टाईनमा हाल १ हजार १ सय ७१ जना बसेका छन । उक्त संख्यामा ९ सय ६७ पुरुष र २ सय ४ महिला छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button