विराटनगर फुड फेस्टाको उद्घाटन भोली

0
235

बिराटनगर १ फागुन। विराटनगरमा भोली उद्घाटन हुने फुड फेस्टाको अन्तिम तयारी भइरहेको छ । भ्यालेटाईन डे दिनदेखि बिविध सँस्कृतिक कार्यक्रम सहितको तीन दिने जातिय पहिचान सहितको फुड फेस्टा हुने भएको हो ।विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा फागुन २ गतेदेखी ४ गतेसम्म हुने ‘विराट फुड फेस्टा’ को तयारी तिब्र पारिएको हो । विभिन्न जातिका आफ्ना स्थानीय खाना सहितको २५ स्टल राखिने जनाइएको छ । फुड फेस्टामा नेवारी, माडवाडी, मगर, राई, लिम्बु, थारु, राजवंशी, मुस्लिम लगायत अन्य जातिको परिकारको रहने छ ।फुड फेस्टालाई थप मनोरन्जन प्रदान गर्न नेपालको चर्चित सांगीतिक व्याण्ड ‘कुटुम्व’ लगायत राष्ट्रिय कलाकार र स्थानीय कलाकारले मनोरञ्जन दिने छन् । विराटनगरमा चार बर्षपछि दोस्रो पटक विराट फुड फेस्टा हुन लागेको हो । फुड फेस्टा विराटनगरको नमस्कार होटलमा हुने जनाइएको छ ।.

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here