Tune to BFM 91.2|Biratnagar

विराटनगर भन्सारको राजस्व असुलीमा कमी

विराटनगर, २५ चैत । कोरोना भाइरस संक्रमण रोकथामको लकडाउनले गर्दा विराटनगर भन्सारको राजस्व असुली पुर्ण प्रभावित भएको छ । संक्रमण रोकथाम गर्न नेपाल भारत दुवैदेश पुर्ण रुपमा लकडाउन भएकोले विराटनगर भन्सारमा पनि त्यसको पुर्ण प्रभाव भएको हो ।

प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीका अनुसार दैनिक १४ देखी १५ करोड रुपैया राजस्व संकलन हुदै आएकोमा लकडाउनपछि दैनिक असुली २० लाख वरावरमा झरेको छ । कहिलेकाँही धेरै मालावाहक गाडी जाँचपास भएमा मात्र राजस्व बढने गरेको छ ।

कहिले काँकी जाँचपास कम हुँदा राजस्व २० लाख पनि पुग्दैन । प्रमुख अधिकृत भण्डारीले भन्नुभयो,‘लकडाउनले गर्दा ८० प्रतिशत भन्दा बढी राजस्व संकलनमा कमी आएको छ ।’ कोरोना भाइरस संक्रमणको डरले एजेन्ट र उनीहरुका प्रतिनिधिहरु भन्सारमा आइपुगेका सवारी साधनहरु छुटाउन आउदैनन ।

अति नै आवश्यक परेमात्र सिमित व्यत्ति आएर कागजपत्र जाँचपास गराएर फर्कने गरेका छन । पहिले सधै भीडभाड हुने विराटनगर भन्सार क्षेत्र लकडाउनपछि शुनसान बनेको छ ।

विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले लकडाउनमा भन्सारको काममा कुनै बाधा नभएको तर भीडभाड भने पुरै हटेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button