Tune to BFM 91.2|Biratnagar

विराटनगर भन्सार एजेन्ट संघमा परासर निर्वाचित

विराटनगर, १३ फागुन । विराटनगर भन्सार एजेन्ट संघमा तेस्रो कार्यकालको अध्यक्षमा पनि पुनः विजेन्द्र परासर निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी प्रविण जोशीलाई १ मत अन्तरले पराजित गर्दै परासर संघको तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित परासरले निर्विवाद ढंगले भन्सार जाँचपासको कामलाई अगाडी बढाउन सहजीकरण गरिने बताउनुभयो । उहाँले भन्सार क्षेत्रलाई पारदर्शि बनाउनका लागि आफ्नो भूमिका रहने बताउनुभयो ।विराटनगरमा सम्पन्न १० औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट परासर नेतृत्व प्यानलको टिम विजयी बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button