Tune to BFM 91.2|Biratnagar

विराटनगर भन्सार कार्यालयका चार कर्मचारीलाई कोराना संक्रमण

विराटनगर, १ भदौ । विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ज्वरो आउने र रुघा लाग्ने लगायत समस्या देखिएपछि परीक्षण गराउँदा चार जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयकी प्रवक्ता सुनिता पौडेलले बताउनु भयो ।

२० जना कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराइएकोमा चार जनामा कोरोना पुष्टि भएको उहाँको भनाइ छ । संक्रमित कर्मचारी तथ्यांक शाखामा कार्यरत रहेको बताइएको छ । उनीहरु भन्सार कार्यालयकै क्वाटरमा बस्दै आएका थिए ।

बाहिर अरुको सम्पर्कमा नगएका उनीहरुमा कहाँबाट संक्रमण सरेको हो भन्ने पुष्टि हुन नसकेको जानकारी पौडेलले दिनु भयो । संक्रमित चारै जना कर्मचारी अहिले ‘होम आइसोलेसन’मा बसिरहेका छन् ।

कार्यालयमा कार्यरत अरु ११ जना कर्मचारीको पनि पीसीआर परीक्षणको तयार भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

कर्मचारीमा कोरोना पुष्टि भए पनि कार्यालयको काम भने सुचारु छ । आवश्यक सुरक्षा सवाधानी अपनाएर काम कारबाही सञ्चालन भइरहेको प्रवक्ता पौडेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button