Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगपालिकामा दिइयो शोक विदा

विराटनगर, ५ चैत । पहिलो निर्वाचित मेयर अशोक कोइरालाको निधनको शोकमा विराटनगर महानगरपालिकाले आज एक दिन विदा दिएको छ । कोइरालाको निधनको शोकमा महानगरले सार्वजनिक विदा दिएको हो ।

पूर्व मेयरको शोकमा अत्यावश्यकबाहेक नगर क्षेत्रभित्र सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनु भयो । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर कोइरालाले २०४८ सालमा मेयरमा निर्वाचित भएर २०५४ सालसम्म काम गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button