Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण

विराटनगर, २८ भदौ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्न हिजो स्वाब दिनु भएका उहाँको रिपोर्ट आज पोजेटिभ आएको हो । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई संक्रमण पुष्टि भएको जानकारी दिनु भयो ।

पोखरेलको रिपोर्ट पोजेटिभ आएपछि महानगरका अधिकांश कर्मचारी ‘होम क्वारेन्टाइन’मा बसेका छन् । प्रमुख प्रशासकीयको सम्पर्कमा रहेकाको पीसीआर परीक्षणको तयारी भइरहेको प्रमुख भीम पराजुलीले बताउनु भयो ।

भोलिबाट कार्यालयको अत्यावश्यकबाहेकका सेवा पाँच दिन बन्द गरिने जानकारी उहाँले दिनु भयो । यसअघि विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष मीनकुमार आचार्य र विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेलमा कोरोना पुष्टि भइसकेको छ ।

हालसम्म विराटनगर महानगरभित्र एक हजार तीन सय ६४ जनालाई संक्रमण पुष्टि भइसकेको छ । १७ जना संक्रमितको मृत्यु भइसकेको छ । तीन सय ५० जना उपचारपछि डिस्चार्ज हुँदै कोरोना मुक्त भइसकेका छन् ।

प्रदेश १ को राजधानी विराटनगर प्रदेशमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button