Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरपालिकाका ३५ कृषकलाई स्प्रेमेशिन वितरण

विराटनगर, २५ असार । विराटनगर महानगरपालिकाका ३५ जना कृषकलाई आज स्प्रेमेसिन वितरण गरेको छ । महानगरपालिकाले गरिवसंग विश्वेश्वर कार्यक्रम अन्र्तगत किसानहरुलाई औषधी छर्कने मेशिन वितरण गरेको हो ।

विराटनगर– ८ स्थित वडा कार्यालयमा विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले कृषकलाई मेशिन वितरण गर्नुु भएको थियो । महानगरपालिकाले अढाई लाख रुपैयामा व्याट्रीबाट चल्ने मेशिन खरिद गरेको हो ।

विराटनगर– ८ र १४ नम्वर वडाका कृषकलाई १६ लिटर क्षमता रहेको स्प्रेमेशिन वितरण गरिएको महानगरपालिका सामुुदायिक विकास महाशाखा प्रमुुख पुुनम दाहालले वताउनुुभयो ।

महानगरपालिका प्रमुुख पराजुुलीले तरकारी तथा अन्यवालीमा औषधी छर्कन सजिलो होस भन्ने उद्देश्यले मेशिन वितरण गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button