Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरपालिकाको सहकार्यमा राहत वितरण

विराटनगर, ९ असार । विराटनगर महानगरपालिकाको सहकार्यमा दिगो विकास इन्सिच्यूटले एक सय २ जना इलेक्ट्रिक सिटि रिक्सा चालकहहरुलाई राहत वितरण गरिएको छ । निषेधाज्ञाका कारण सिटी सञ्चालन गर्न नपाउँदा उनीहरुलाई हातमुख जोड्न समस्या भएको थियो । सिटी चालकलाई थोरै भए पनि राहत पुगोस् भनेर खाद्य सामग्री वितरण गरिएको इन्सिच्यूटले जनाएको छ ।

उनीहरुलाई विराटनगर महानगरका प्रमुख भीम पराजुलीले राहत वितरण गर्नुभयो । इन्सिच्यूटले सिटी चालकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेर प्रशंसनीय कार्य गरेको प्रमुख पराजुलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button