Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरपालिकामा नगर प्रहरीको साईकल गस्ती

विराटनगर, १५ माघ । विराटनगर महानगरपालिका भित्र आजदेखी नगर प्रहरीले साइकल गस्ती सुरु गरेको छ । महानगरभित्रका सार्वजनिक स्थानहरुमा अव्यव्यस्थित रुपमा थापिएका फुटपाथ पसल तथा खुल्लारुपमा छाडिएका चौपायको नियन्त्रण तथा नियमन गर्नको लागी महानगरक्षेत्रमा साईकल गस्ती सुरु गरिएको बताईएको छ ।

महानगरभित्र भेटिने वेवारिसे मानिसहरुको तत्काल उद्धार गर्न साईकल गस्तीको मुख्य काम रहने नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाको क्षेत्रअधिकार बाहिर गएर काम गरेको भेटिए तत्काल नियमन गर्ने काम समेत साईकल गस्तीले गर्ने पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button