Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरपालिकामा समुदायस्तरमा एन्टिजेन परीक्षण शुरु

विराटनगर २१ जेठ । विराटनगर महानगरपालिकाले समुदाय स्तरमै एन्टिजेन परीक्षण शुरु गरेको छ । महानगर क्षेत्रमा कोरोना संक्रमणदर दैनिक बढ्दोक्रममा रहेको भन्दै महानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षणका लागि एन्टिजेन टेष्ट शुरु गरिएको जनाईएको छ ।महानगरपालिकाले जेठ ३० गतेसम्म एन्टिजेन टेष्ट गर्ने तालिका सार्वजनिक गरेको छ ।

शुक्रबार १८ नम्बर वडामा परीक्षण गरिएको छ । वडा नम्बर १९ र १७ मा २३ गते, वडा नम्बर १ र १६ मा २४ गते, वडा नम्बर २ र १४ मा २५ गते, वडा नम्बर ३ र १३ मा २६ गते, वडा नम्बर ४ र १२ मा २७ गते, वडा नम्बर ५ र ११ मा २८ गते, वडा नम्बर ६ र १० मा २९ गते र वडा नम्बर ८ र ९ मा ३० गते परीक्षण गरिने महानगरका कोभिड संयोजक हैदर अलिले बतानुभयो । परीक्षणका लागि महानगरपालिकाले सम्बन्धित वडाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा केश इन्भेष्टिगेसन तथा कन्ट्याक टे«सिङ फोकल पर्सन रश्मी निरौला र प्रवेशिका गुप्तालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

विराटनगर महानगरपालिका १५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानी र विराटनगर महानगरपालिका ९ स्थित आदर्श स्कुल साइन्स ब्लकमा र जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग र गर्भवती महिलाहरुका लागि मोबाईल स्वाब भने नियमित रुपमा दैनिक ११ बजेदेखि संचालन हुने कोभिड संयोजक अलिले बताउनुभयो । कोरोनाको दोश्रो लहर शुरुपछि मात्र विराटनगरमा ८ हजार ४३४ जना कोरोना संक्रमित भएका छन् । ११० जनाको मृत्यु भएको महानगरका कोभिड संयोजक अलिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button