Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरमा इन्द्रमणी पोखरेलको स्वागत, एकदेव अधिकारीको बिदाई

विराटनगर ७ चैत । विराटनगर महानगरमा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेललाइ स्वागत गरिएको छ भने सरुवा हुनु भएका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीको विहिवार बिदाई गरिएको छ ।

कुशल प्रशासकको छवी बनाउनु भएका अधिकारीको बिदाइ कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीले प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विकास निर्माणका हजारौ सपनाहरु बोकेर हिडेका जनप्रतिनिधिहरुको सपना पुरा गर्ने कुरामा प्रमुख प्रशासकिय अधिकृतको ठूलो भुमिका हुने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृतकोरुपमा रहदा अधिकारीले गरेका कामको प्रशंसा प्रमुख पराजुलील गर्नुभयोे गर्नुभयो । नयाँ प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलवाट पनि समाज रुपान्तरण सहित विकासका गतिमा पूर्ण सहयोग रहने बिश्वास ब्यक्त गर्नुभयो।

यस्तै उपप्रमुख इन्दिरा कार्कीले जनचाहना अनुरुप काम गर्ने बातावरण सवै पक्षबाट हुनेमा आशा ब्यक्त गर्नुभयो। एउटै ठाउँमा बस्दा तितामिठा सवै कुरा हुने भए पनि विकासका काममा सबैको दायीत्व रहने बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलले जनप्रतिनीधिको स्पिडमा काम गर्ने बताउनुभएको छ । उहाले आफुवाट कुनै कन्जुस्याइ नगरी विराटनगरको विकास र प्रगतिमा निरन्तर लाग्ने बताउनुभयो ।

निवर्तमान प्रमुख प्रशाकिय अधिकृत एकदेव अधिकारीले देशको संघीय कार्यक्रम र योजना बारे केही अशन्तुष्टी ब्यक्त गर्नुभयो । कर्मचारीको सरुवा ,बढुवा र सेबानिवृत्त हुने कुरा अनौठो नभएपनि संघीयता कार्यान्वयन र स्थानिय सरकारलाई हेर्ने दृष्टिकोण कमजोर मानसिकतावाट गुज्रिएको बताउनुभयो ।

आफु बसुन्जेल विराटनगरको विकासमा आफुले अधितम कार्य गरेको उहाले बताउनुभयो । अधिकारी एक वर्ष अगाडी गृहमन्त्रालयवाट शरुवा भएर आउनु भएको थियो । अहिलेका पोखरेल भने स्वास्थ्य मन्त्रालयवाट आउनु भएको हो । पोखरेलको स्थानीय तहमा पहिलो अनुभव हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button