Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरले अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने

विराटनगर, ११ साउन । कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलन सक्ने भन्दै विराटनगर महानगरपालिकाले अत्यावस्यक सेवा बाहेक बन्द गर्ने निर्णय गरेको छ ।

आज महानगरपालिकामा बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई रोकथाम तथा नियन्त्रण गर्न अनुगमन कार्यादलसमेत बनाएको छ ।

विराटनगर महानगरपालिकाले कार्यालयमा हुने भिडभाडका कारण भाइरस संक्रमणको दर उच्च हुने तर्फ सचेत हुँदै केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको महानगरका प्रमुख भीम पराजुलीले बताउनुभयो ।

महानगर भित्रका हरेक पसल व्यवसाय सञ्चालन गर्ने सञ्चालक र त्यहाँ काम गर्ने कामदारहरुले अनिवार्य मास्क लगाउनु पर्ने, त्यका लागि नियमितरुपमा समितिले अनुगमन गर्ने र मास्क नलगाएको पाइएमा पहिलो पटक १० रुपैंया लिएर मास्क उपलव्ध गराउने निर्णय गरेको प्रमुख पराजुलीले बताउनुभयो ।

विराटनगरमा पछिल्लो पटक संक्रमण समुदाय स्तरमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button