Tune to BFM 91.2|Biratnagar

विराटनगर महानगरले २५ हजार घरपरिवारलाई राहत वितरण गर्ने

विराटनगर, २२ चैत । विराटनगर महानगरपालिकाले भोलीदेखि राहत वितरण शुरु गर्ने भएकोछ ।

कोरोना भाईरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले देशव्यापी लागु गरेको लकडाउनका कारण गरिव तथा विपन्न परिवारलाई खाध्य सामाग्रीको समस्या भएकाले भोली देखि राहत वितरणको तयारी गरिएको महानगरपालिका प्रमुख भीम पराजुलीले बताउनुभयो ।

वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा आज कुराकानी गर्दै उहाँले सो जानकारी दिनुभएको हो । विराटनगर महानगरपालिकाले २५ हजार घरपरिवारलाई राहत वितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । राहत वितरणका लागि लगत संकलनको काम सकिएको उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकाले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने तयारी गरिएको प्रमुख पराजुलीले बताउनुभयो ।

२५ हजार परिवारका लागि १२ केजी चामल, दाल डेढ केजी, आलु २ केजी, तेल आधा केजी र नुन एक केजीको प्याकेट तयार गरिएको उहाँले बताउनुभयो ।

वडा कार्यालय र टोल संगठन मार्फत खाध्य सामाग्री पुर्याईने प्रमुख पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामी भिडभाड नगरि राहत वितरण गर्ने छौं । महानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकबाट हरेक काम पारदर्शी ढंगले काम गरिरहेको उहाँले दावी गर्नुभयो ।

खाध्य सामाग्री आपुर्तीकालागि बोलपत्र आह्वान गरेर सामाग्री जुटाउने काम गरिरहेको प्रमुख पराजुलीले बताउनुभयो ।

महानगरपालिकाले हरेक वडामा फिवर क्लिनिक सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ १९ वटै वडामा रेहका फिवर क्लिनिकमा २/२ जना स्वास्थकर्मी परिचालन गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button