विराटनगर वैकिङ्ग फूटसल हुने विजेतालाई नगद ५० हजार

0
59

विराटनगर १४ मंसिर । विराटनगरमा पहिलो पटक वैकिङ्ग फूटसल हुने भएको छ । द स्र्पोट्स हव विराटनगरले आगामी मसिंर १६ गतेदेखि २२ गते सम्म विराटनगरमा वैकिङ्ग फुटसल हुने जनाएको छ । द स्र्पोट्स हव विराटनगरले शुत्रबार विराटनगरको पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा पहिलो पटक विराटनगर २ मा फूटसल हुने जनाएको छ । फूटसल प्रतियेगितामा नेपालका क वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम भट्टराईले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने सो प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफि हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफि हात पार्ने सांयोजक भट्टराईले बताए । दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह ए मा नेविल, सिटिजन्स, सानिमा र समुह वि मा मेघा, जनता र नेपाल वैंङक रहेको छ । बाकी २ टिमको पछि टुङ्गो लगाउँने द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले जानकारी दिए । सात दिनसम्म सञ्चालन हुने प्रतियोगिता गर्नलाई करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here