Tune to BFM 91.2|Biratnagar

विराटनगर १० द्धारा मास्क वितरण

विराटनगर, १७ चैत । विराटनगर महानगरपालिका वडा नम्बर १० ले वडा क्षेत्र भित्रका नागरिकलाई निःशुल्क मास्क वितरण गरेको छ । वडा कार्यालयलले घर–घर पुगेर हात धुने साबुन र मास्क वितरण गरेको वडाध्यक्ष माधवराज वाग्लेले जानकारी दिनुभयो ।

उहाँले वडाका विभिन्न टोलमा ४–५ वटा टिम बनाएर हात धुने साबुन र हरेक घरमा दुईवटाका दरले मास्क वितरण गरिरहेको बताउनुभयो । वडाभित्र ३ हजार ५ सय घरधुरी छन् । वडाका सबै घरधुरीमा पुगेर हातधुने साबुनसँगै मास्क वितरण गर्नुका साथै वडाबासीलाई सचेतनासमेत जगाउने काम भइरहेको उहाँको भनाइ छ ।

यसैबीच, मोरङको रंगेली नगरपालिकाले पनि मास्क वितरणलाई तीव्रता दिएको छ । आज वडा नम्बर ६ मा ८ हजारभन्दा बढी मास्क वितरण गरेको छ । मोरङका सबैजसो स्थानीय तहले मास्क, हातधुने साबुन, सेनिटाइजरलगायतका सामग्री वितरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button