Tune to BFM 91.2|Biratnagar

विराटनगर ९ चुलाचुली मार्गमा पुरुषको शव भेटियो

विराटनगर, २० साउन । विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा आज बिहान एक पुरुष मृत फेला परेका छन् ।

मोरङको कटहरी गाउँपालिका–१ का अन्दाजी ४५/५० वर्षीय दिलिप पौडेल मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । पौडेलको शव बिहान ७ बजेतिर सडकको छेउमा भेटिएको हो ।

शरीरका कुनै चोटपटक भने देखिएको छैन । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी राईले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button