Tune to BFM 91.2|Biratnagar

विराटनगरमा माक्सको कालोबजारी

विराटनगर २० फागुन । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाईरस (कोभिड १९ ) को उच्च जोखिममा समावेश गरेपछि यसको उच्च सर्तकता अपनाईएको छ । कोरोनाको संक्रमणबाट जोगिनका लागि अहिले माक्स लगाउने प्रयोगकर्ता बढेका छन् ।

प्रयोगकर्ता बढेसँगै यसको कालोबजारी शुरू भएको छ । विराटनरमा माक्सको अभाव भएको मेडिकल संचालकहरुले बताएका छन् । माक्सको अभाव भएको भन्दै मेडिकल पसलले मनपरि मुल्यमा माक्स बेच्ने गरेका छन् ।

पाँच रुपैँया पर्ने माक्सलाई अहिले १५ रुपैँया देखि ३५ रुपैँया सम्ममा विक्री गर्ने गरेको पाईएको छ । प्रयोगकर्ता बढेपछि माक्सको अहिले अभाव भएको विराटनगर बरगाछीको सरल औषधि पसलका राजेश गुप्ताले बताउनुभयो ।

सामान्य अवस्थामा ५ रुपैयाँमा खरिद गर्ने गरेको माक्स अहिले आएर ६ गुणा बढी मूल्य तिर्नुपरेको उपभोक्ताको भनाई छ । माक्सको कृतिम अभाव देखाएर व्यापारीहरुले मूल्यबृद्धि गर्ने काम गरेको विराटनगरका बासीन्दा शारदाप्रसाद दाहालले बताउनुभयो ।

बजारमा माक्सको मूल्य बृद्धि भएपनि संवन्धित निकाय समक्ष भने कुनै उजुरी परेको देखिदैन । माक्सको मूल्य बृद्धि गरिएकोबारे कुनै किसिमको उजुरी नआएपनि बजार अनुगमन गरि कारवाही गरिने मोरंगका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button