Tune to BFM 91.2|Biratnagar

विराट आदर्श साहित्य मञ्चमा पुनः कटवाल दीपक

विराटनगर, २० मंसिर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा युवा साहित्यकार कटवाल दीपक पुनः निर्वाचित हुनु भएको छ । विराटनगरमा आज सम्पन्न मञ्चको छैटौं महाधिवेशनले कटवालको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

अध्यक्षसहित सबै सदस्य निर्विरोध चयन भएका हुन् । समितिको उपाध्यक्षमा सन्देश बाराकोटी, मोहन ढकाल, सचिवमा प्रभा पन्त र लक्ष्मी घिमिरे तथा सहसचिवमा माधव काफ्ले चयन हुनु भएको छ । कोषाध्यक्षमा सविना श्रेष्ठ र अनिल खत्री चयन हुनु भएको छ ।

समितिको प्रमुख सल्लाहकारमा युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदित रहनु भएको छ भने हिसान मोरङका पूर्वअध्यक्ष बलराम पन्त, प्याब्सन मोरङका सचिव प्रेमलाल सुवाल, शिक्षासेवी आरसी कोइराला, भुवन नेपाल र पर्शुराम घिमिरेलाई सल्लाहकारमा मनोनित गरिएको छ ।

मञ्चमा विभिन्न सामुदायिक र निजी कलेजमा अध्ययनरत कला, साहित्य र संगीतमा लागेका विद्यार्थीहरू आबद्ध छन् । मञ्चले विराटनगरसहित काठमाडौं, पोखरालगायतका स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ र वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडीभरिको आकाश’ कथामा आधारित नाटक मञ्चन गरिसकेको छ । यसबाहेक ‘स्रष्टा र सिर्जना’ कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button