Tune to BFM 91.2|Biratnagar

विराट एक्स्पोमा कृषिका स्टलहरूमा नउपभोक्ताको रुची

विराटनगर, फागुन ५ । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् । उद्योठ संगठनले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ ।

खरायो हेर्न र पालन गर्न आउनेहरू धेरै रहेको उदयपुरबाट खरायोको स्टल लिएर आएका हेमन्त भण्डारीले बताउनुभयो । विशेषगरी खरायो मासुका लागि पालन गरिने भए पनि नेपालमा खरायोको मासुका फाइदाका विषयमा उपभोक्तालाई ज्ञान नहुँदा खरायोलाई सौन्दर्यका लागि मात्रै पाल्ने चलन रहेको उनले बताए । विगत एक वर्षदेखि व्यवसायिक रुपमा खरायो पालन गर्दै आउनजुभएका भण्डारीले खरायो पालनबाट राम्रो आमदानी गर्न सकिने संभावना रहेको बताउनुभयो ।

खरायोमा मात्रै हैन चियाका स्टलमा पनि उपभोक्ताको रुचि उत्तिकै छ । विशेषगरी ग्रीन टीका विषयमा उपभोक्ताको धेरै चासो देखिएको विराटनगरका व्यवसायी समिर आचार्यले बताए । आचार्यका अनुसार ग्रीन टीका थुप्रै फाइदा रहेकाले पनि उपभोक्तालाई ग्रीन टीका विषयमा जानकारी दिनु आवश्यक रहेको बताउनु भयो । धनकुटाबाट ल्याइएको एबोकाडो किन्न उपभोक्ताले हानाथाप नै गरेको व्यवसायी हर्क राईले बताए । उनले प्रदर्शनीका लागि ल्याएको एबोकाडो बिक्रि भइसकेको छ ।

एबोकाडोको माग धेरै भए पनि आफूसँग बिक्रिका लागि थप एवोकाडो नभएको उनले बताए । मोरङको सिंहदेवीका चिया उद्योगी नारायण राईका अनुसार अर्गानिक, चिया र तरकारीको बारे जान्न र बुझ्न आउनेको धेरै भीड रहेको छ । एक्स्पोमा कृषिका नयाँ उत्पादन हेर्न मात्रै नभई स्वस्थ्यका लागि उपयोगी ज्ञानसमेत पाइएको उपभोक्ता शम्भु राजवंशीले बताए । यता एक्स्पोमा राखिएका कृषिजन्य उपजका स्टलहरूमा उपभोक्ताको रुचि देखिएको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताए ।

विशेषगरी नयाँ खालका एबोकाडो, किवीलगायतका कृषि उपजमा उपभोक्ताको रुची देखिएको छ । राठीले हालसम्म ५ करोड बढीको कारोबार भइसकेको र दैनिक २० हजार बढीले एक्स्पोको अबलोकन गर्दै आएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button