विराट ट्रेड एक्स्पोको तयारी पूरा

0
85

पुस,५ विराटनगर। प्रदेश एककै सबभन्दा ठूलो ब्यापार मेला विराट ट्रेड एक्स्पो भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । विराटनगर २ शंकरपुरको खाली मैदानमा आयोजना गरिने मेलाका लागि आवश्यक स्टल र अन्य सम्पूर्ण तयारी पूरा भइसकेको आयोजनकले जनाएको छ । विराट ट्रेड एक्स्पोका संयोजक अनुपम राठीले भोलि ११ बजे प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले मेलाको उद्घाटन गर्नुहुने जानकारी गराउनुभयो । उहाँले मेलामा रहने २ सय ५० स्टलमध्ये ४२ वटा स्टल बाहिरी मुलुकका रहने बताउनुभयो । मुख्य आयोजक मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले देश आर्थिक संकटतर्फ गइरहेको अवस्थामा आर्थिक क्षेत्रलाई गति दिन मेला आयोजना गरिएको बताउनुभयो । मेलालाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्न मेलास्थलमा सुरक्षा निगरानी गर्न १ सयवटा सीसी क्यामरा जडान गर्नुका साथै चौबिसै घण्टा सुरक्षा तैनाती रहने आयोजकले जनाएको छ । मेला पुस १४ गतेसम्म चल्ने मेला अवलोकनका लागि प्रतिव्यक्ति ६० रुपैयाँको टिकट दर कायम गरिएको छ । बिहान १० बजेदेखि बेलुका ७.३० सम्म मेला अवलोकन गर्न सकिने आयोजक समितिले जनाएको छ । मेलामा औद्योगिक र कृषि उत्पादका साथै मनोरञ्जनका विविध साधनहरुको समेत ब्यवस्थापन गरिएको छ । मेलामा ९ दिनको अवधिमा २० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here