Tune to BFM 91.2|Biratnagar

विराट मानव सेवा समाज नेपालको आफ्नै भवन निर्माण हुने

विराटनगर, २८ जेठ । विराटनगर–५ स्थित विराट मानव सेवा समाज नेपालको आफ्नै भवन निर्माण हुने भएको छ । निर्माण हुने ८ कोठे भवनको नेपाली कंग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आज शिलान्यास गर्नुभएकोे छ ।

कोइरालाले निर्माण सामग्रीमा विधिपूर्वक पूजा गरी शिलान्यास गर्नुभएको हो । भवन निर्माणका लागि विराटनगर महनगरपालिकाबाट १० लाख, नेपाली कांग्रेस प्रदेश–१ का प्रमुख सचेतक संसद केदार कार्कीको संसद विकास कोषबाट १० लाख रुपैयाँ सहयोग रहेको संस्थाकी अध्यक्ष लिना उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले मानव सेवा समाज नेपालले मानसिक सन्तुलन गुमेका व्यक्तिहरुलाई ल्याएर उपचार गराउने र राम्रो भएकाहरुलाई सीप सिकाउने उद्देश्यले भवन निर्माण गर्न लागेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button