विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा क्याथ ल्याब सेवा

0
136

विराटनगर, २० मंसिर । विराट मेडिकल कलेज टिचिङ्ग अस्पतालमा क्याथ ल्याब सेवा शुरु भएको छ । अस्पतालले मुटु रोगीहरुको उपचारका लागी अत्याधुनिक क्याथ ल्याब सेवा शुरु गरेको जनाएको छ । यसको उपचारमा विरामीलाई एउटा खुट्टाको ठुलो नशाबाट तार पठाएर त्यो तारलाई मुटुको माध्यम हुदै दिमाग सम्म पुर्याउने गरिन्छ । यो प्रविधिबाट जाँच गर्दा कन्ट्रास्ट हालेर जाँच गरिने भएकोले अरु रोग देखीए पनि उपचार गर्न सकिने चिकित्सकले बताएका छन् । एकदमै बिरल र जटिल प्रकारको उपचार पद्धती भएको चिकित्सकको भनाई छ । न्यूरोलोजिष्ट र इन्टरभेन्सलिष्ट डा. सामर्थ सिंह, डा. बिबेक बैद्य, एनेशथेसिया बिशेषज्ञ डा. कनक, नर्सिङ स्टाफ उष्मा, भूमिका, एलिना लगायतको संलग्नतामा विरामीको परिक्षण गरिने अस्पतालले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here