Tune to BFM 91.2|Biratnagar

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा होल्डिङ सेन्टरको शुभारम्भ

विराटनगर, ४ भदौ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले होल्डिङ सेन्टरको शुभारम्भ गरेको छ । टिचिङ हस्पिटलले सामान्य संक्रमितहरुको उपचार गर्न ६० शैयाको होल्डिङ सेन्टर स्थापना गरेको छ ।

होल्डिङ सेन्टरको ६० शैया मध्ये २० शैया अस्पतालका कर्मचारी र बाँकी ४० शैया सर्वसाधारण विरामिका लागि छुट्याईएको अस्पतालले जनाएको छ । होल्डिङ सेन्टरको सञ्चालनका लागि आवश्यक जनशक्ति र व्यवस्थापनका लागि दैनिक करिव १ लाख खर्च हुने अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हस्पिटलले होल्डिङ सेन्टरको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहको सरकारसँग हौसला, आर्थिक सहयोग साथै उपचार सामाग्रीहरु उपलब्ध गराउन अनुरोध समेत गरेको छ । होल्डिङ सेन्टर निरन्तर संचालन गर्नको लागि उद्योगी, व्यापारी साथै व्यक्तिगत दाताहरुलाई समेत सहयोग अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

होल्डिङ सेन्टरको संचालनका लागि दैनिक खर्च सम्बन्धित निकाय र दाताहरुबाट प्राप्त नभएसम्म अस्पतालका संक्रमित कर्मचारीहरुको उपचार निशुल्क गर्ने र अन्य संक्रमित विरामिहरुको भने स–शुल्क उपचार गरिने अस्पतालले जनाइएको छ ।

मेडिकल कलेजले आइसोलेसन वार्ड समेत संचालनमा ल्याएको छ । बुढिगंगा गाउँपालिका र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको सहकार्यमा आइसोलेसन वार्ड संचालनमा ल्याईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button