Tune to BFM 91.2|Biratnagar

विराट राजवंशी भेला विराटनगरमा हुने

विराटनगर, १ फागुन । विराट राजवंशी समुदायले राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्न दबाव दिने उदेश्यले विराटनगरमा वृहत भेला आयोजना गर्ने तयारी गरेको छ ।

यो समुदाय पूर्वी तराइको मूल आदिवासी एवं भूमिपूत्र भएको दाबी गरिएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गरेर फागुन ६ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहमा विराट राजवंशी समुदायको १३ औै वृहत भेला हुने जानकारी गराइयो ।

भेला अगाडि विराटनगरमा विराट राजवंशीको जातिय भेषभुषासहित साँस्कृति र पहिचान झल्काउने झाँकी प्रदर्शन गरिने भएको छ । कार्यक्रम संयोजक कुशेश्वर राजवंशीले भेलाको तीन दिन अगाडि शनिबार विराटनगरमा मोटसाइकल र्याली निकालिने बताउनु भयो ।

विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गरिनु पर्ने आफूहरुको मुख्य मुद्दा रहेको उहाँको भनाइ छ ।

यस्तै भेडियारीस्थित विराट दरवार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास र संरक्षण एवं सम्वद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्व हुनु पर्ने माग भेलामा राखिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button