Tune to BFM 91.2|Biratnagar

विराट र नोबेलमा संक्रमित दुई पुरुषको मृत्यु

विराटनगर, १९ मंसिर । मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका कोरोना भाइरस संक्रमित दुई पुरुषको मृत्यु भएको छ ।

विराटमा ५६ वर्षीय र नोबेलमा ७५ वर्षीय वृद्ध पुरुषको गय राति १२ बजेतिर ज्यान गएको हो । ५६ वर्षीय पुरुषको ठेगाना झापाको दमक उल्लेख गरिएको भए पनि उनी मोरङ उर्लाबारीका भएको बताइएको छ । ७५ वर्षीय वृद्ध सिरहा मिर्चैयाका हुन् । झापाको दमक ठेगाना उल्लेख गरेर उपचारका लागि भर्ना गरिएका ५६ वर्षीय पुरुषको राति १२ बजेतिर विराटमा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनु भयो ।

ज्वरो आउने, छात्ती दुख्ने लगायतका समस्या भएपछि पुरुषलाई मंसिर १३ गते विराटनगरको विराट नर्सिङ होम भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा त्यहीदिन रिपोर्ट पोजिटिभ आए पनि आइसोलेसनमा भर्ना गर्न नमानिकन आफन्तले त्यतिबेला अस्पतालबाट निकालेर लगेको देवले बताउनु भयो । स्वास्थ्यमा अचानक समस्या थपिएपछि उनलाई थप उपचारका लागि हिजो साँझ विराट शिक्षण अस्पताल ल्याइएको थियो । अ

स्पतालको विवरणमा मृतकको ठेगाना झापाको दमक उल्लेख गरेको भए पनि उनी मोरङको उर्लाबारी नगरपालिका–४ का पुरुष भएको बताइएको छ । ‘उपचारका क्रममा भर्ना हुँदा ठेगाना दमक टिपाइएका कारण अस्पतालको रेकर्डमा पनि त्यही उल्लेख छ,’ आइसोेलेसन प्रमुख देवले भन्नु भयो , ‘अहिले ठेगाना उर्लाबारी हो भन्ने आएका कारण थप बुझ्ने काम भइरहेको छ ।’

त्यस्तै सिरहाको मिर्चैयाका ७५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको छ । उपचारका क्रममा राति १२ बजेतिर वृद्धको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुु भयो ।

छात्ती दुख्ने र ज्वरो आउने समस्या देखिएपछि उपचारका लागि बिहीबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थाल्दै स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पुष्टि भएपछि तत्काल कोभिड वार्डको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका वृद्धलाई जीवितै राख्न नसकिएको दाहालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button